काठमाडौं : बरुण हाइड्रोपावर कम्पनीले हकप्रद शेयर निष्काशन गर्न आयोगबाट स्वीकृति पाएको छ । विद्युत नियमन आयोगको बिहिबार बसेको बैठकले कम्पनीलाई शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने स्वीकृति दिएको हो ।
कम्पनीले हाल कायम रहेको चुक्ता पुँजीको १ बराबर १ को अनुपातमा हकप्रद जारी गर्न आयोगबाट स्वीकृति पाएको हो । बरुण हाइड्रोपावर कम्पनीको हाल कायम चुक्ता पूँजी ५३ करोड ५८ लाख १५ हजार रुपैयाँ रहेको छ।
हकप्रद जारी गरेपछि कम्पनीको चुक्ता पुँजी एक अर्ब ७ करोड १६ लाख ३० हजार रुपैयाँ पुग्नेछ । नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएपछि कम्पनीले उक्त हकप्रद शेयर जारी गर्नेछ।
कम्पनीले हकप्रद शेयर बिक्रीबाट प्राप्त हुने रकम रकम हाइड्रोपावर प्रवर्द्धन गर्न लागेको ४.५ मेगावाट क्षमताको हेवा खोला साना जलविद्यत आयोजनामा स्वपुँजीका रुपमा लगानी गर्ने जनाएको छ ।
Advertisment