Below Menu
Below Menu

भगवती हाइड्रोपावरको आईपीओ बाँडफाँट 

भगवती हाइड्रोपावरको आईपीओ बाँडफाँट 

काठमाडौं : भगवती हाइड्रोेपावर कम्पनीको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको आईपीओ सोमबार बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल कार्यालयमा बाँडफाँट भएको हो। कम्पनीले सर्वसाधारणका लागि जारी गरेको आईपीओमा १३ लाख ९ हजार ६६ जनाले आवेदन दिएका थिए।

मागभन्दा बढी आवेदन परेपछि कम्पनीको आईपीओ गोलाप्रथाबाट बाँडफाँट भएको हो। आवेदन दिएकाहरूमध्ये ७१ हजार २२२ आवेदकले १०/१० कित्ताको दरले शेयर पाएका छन् भने २ हजार ३८९ जनाको आवेदन रद्द भएको छ ।

कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १६ रुपैयाँ प्रिमियम थप गरी ११६ रुपैयाँमा सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको थियो ।

हाइड्रोपावरले हाल कायम रहेको जारी पूँजी ५७ करोड २० लाख ६४ हजार ७ सय रुपैयाँको १५ प्रतिशतले हुन आउने ८ करोड ५८ लाख ९ हजार ९७ कित्ता शेयर बिक्रीमा ल्याएको हो ।

Advertisment

थप समाचार