Below Menu
Below Menu

अपर तामाकोशी हाइड्रोपावरको शतप्रतिशत हकप्रद आजदेखि बिक्रीमा 

अपर तामाकोशी हाइड्रोपावरको शतप्रतिशत हकप्रद आजदेखि बिक्रीमा 

काठमाडौं : अपर तामाकोशी हाइड्रोपावर कम्पनी लिमिटेडले आजदेखि शतप्रतिशत हकप्रद शेयर निष्काशन गरेको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको शत प्रतिशत अर्थात १ बराबर १ को अनुपातमा १०० प्रतिशत हकप्रद शेयर निष्काशन गर्न लागेको हो।

जस अनुसार कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित दरमा १० अर्ब ५९ करोड रुपैयाँ बराबरको १० करोड ५९ कित्ता हकप्रद शेयर निष्काशन गरेको छ । उक्त हकप्रद शेयर निष्काशन प्रयोजनका लागि कम्पनीले साउन २६ गते बुकक्लोज गरेको थियो। जस अनुसार साउन २५ गतेसम्म कायम शेयरधनीहरुले मात्र कम्पनीले जारी गर्न लागेको हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् । कम्पनीको हकप्रद शेयर असोज ७ गतेसम्म आवेदन दिन सकिनेछ।

हाल कम्पनीको चुक्ता पूँजी १० अर्ब ५९ करोड रुपैयाँ रहेको छ। हकप्रद निष्काशन तथा बाँडफाँटपश्चात कम्पनीको चुक्ता पूँजी २१ अर्ब १८ करोड रुपैयाँ पुग्नेछ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नागरिक लगानी कोष रहेको छ भने सह बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ।

लगानीकर्ताले माथिल्लो तामाकोशी जलविद्युत् केन्द्र, नागरिक लगानी कोष, सनराइज क्यापिटल, लक्ष्मी सनराइज बैंक, प्रभु बैंक, सिटिजन्स बैंक, सिन्धु विकास बैंक, कृषि विकास बैंक, नेपाल बैंक, महालक्ष्मी विकास बैंक, कुमारी बैंक, सिद्धार्थ बैंक, हिमालयन बैंक, प्राइम कमर्सियल बैंक तथा सानिमा बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

साथै नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट पनि आवेदन दिन सकिनेछ । सनराइज क्यापिटलले शेयर निष्कासनको जिम्मा पाएसँगै स्थानीयवासीको हकमा अनिवार्य डिम्याट खाता खोल्न आग्रह गरेसँगै शेयर निष्कासनमा केही ढिलाइ भएको थियो ।


 

Advertisment

थप समाचार