Below Menu
Below Menu

माईखोला हाइड्रोपावरले बोलायो साधारणसभा, बुक क्लोज कहिले ? 

माईखोला हाइड्रोपावरले बोलायो साधारणसभा, बुक क्लोज कहिले ? 

काठमाडौं : माईखोला हाइड्रोपावर कम्पनीले साधारणसभा बोलाएको छ । कम्पनी शत प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गर्न साधारणसभा गर्न लागेको हो ।

कम्पनीको आइतबार बसेको सञ्चालक समितिको बैठकले असोज ९ गते मंगलबार साधारणसभा गर्ने निर्णय गरेको हो । उक्त सभा लर्ड पार्टी भेन्यु काठमाडौंमा बिहान हुनेछ ।

सो सभाले लेखापरिक्षकको प्रतिवेदन सहितको गत आर्थिक वर्षको लेखा परीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु छलफल गरी पारित गर्नेछ ।

यसका साथै सभाले कम्पनीले हाल कायम रहेको चुक्ता पुँजीको १ः१ को अनुपात अर्थात शतप्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गर्नेछ । हाल कम्पनीको चुक्ता पुँजी ३९ करोड २१ लाख ५६ हजार ८ सय रुपैयाँ रहेको छ । हकप्रद शेयर जारी गरेपश्चात कम्पनीको चुक्ता पुँजी ७८ करोड ४३ लाख १३ हजार ६ सय रुपैयाँ पुग्नेछ ।

साधारणसभा प्रयोजनका लागि कम्पनीले हसोज १ गते एकदिनका लाई शेयरधनी किताब खाता (बुक क्लोज) गर्ने भएको छ । जसअनुसार भदौ ३१ गतेसम्म नेप्सेमा कायम भएका शेयरधनीहरुले मात्र कम्पनीले वितरण गर्ने हकप्रद र साधारणसभामा भाग लिन पाउनेछन् ।
 

Advertisment

थप समाचार