काठमाडौं : एक महिनामा एक अर्बबढीका बीमा पोलिसी सरेन्डर भएका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार चालु आर्थिक वर्षको साउन महिनामा १४ जीवन बीमा कम्पनीका ९ हजार ७९८ बीमितले एक अर्ब २८ करोड ३३ लवखा रुपैयाँ बराबरको बीमालेख सरेन्डर गरेका हुन् ।
प्राधिकरणका अनुसार यस अवधिमा सबैभन्दा बढी नेपाल लाइफका बीमितले पोलिसी सरेन्डर गरेका छन् । साउन महिनामा उक्त कम्पनीका ३ हजार २२४ बीमितले ४७ करोड २३ लाख रुपैयाँ बराबरको पोलिसी त्यागेका हुन् । त्यस्तै, साउनमा राष्ट्रिय बीमा संस्थानका ८६२ बीमितले १० करोड ३२ लाख रुपैयाँ बराबरको बीमालेख सरेन्डर गरेको प्राधिकरणको तथ्यांकमा उल्लेख छ ।
त्यसैगरी, नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको ४ करोड ५५ लाख रुपैयाँ बराबरको २९१ वटा, लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालको ३१ करोड २५ लाख रुपैयाँ बराबरको २ हजार २४ वटा, मेट लाइफको ४ करोड ३९ लाख ९० हजार रुपैयाँको ४६८ वटा, एशियन लाइफको ५ करोड ८४ लाख रुपैयाँ बराबरको ७४४ बीमालेख र आईएमई लाइफ इन्स्योरेन्सको ९९ लाख, ९३ हजार रुपैयाँ बराबरको १३३ बीमालेख सरेन्डर भएका छन् ।
प्राधिकरणका अनुसार साउनमा सन नेपाल लाइफको सबैभन्दा कम ११ लाख ८७ हजार रुपैयाँ बराबरको १३ वटा बीमालेख सरेन्डर भएका छन् भने यस अवधिमा रिलायबल नेपाल लाइफका १६२ बीमितले ९० लाख ८२ हजार रुपैयाँ बराबरको बीमा लेख सरेन्डर गरेका छन् । त्यस्तै, सिटिजन लाइफ नेपालका १७६ बीमितले साउनमा एक करोड १४ लाख ९० हजार रुपैयाँ बराबरको बीमालेख सरेन्डर गरेका छन् ।
त्यसैगरी, सूर्यज्योति लाइफको ७ करोड ४६ लाख रुपैयाँ बराबरको ४०८ वटा, सानिमा रिलायन्स लाइफको एक करोड ५१ लाख रुपैयाँको १८० वटा, हिमालयन लाइफको १२ करोड २२ लाख रुपैयाँ बराबरको ९८८ वटा र प्रभु महालक्ष्मी लाइफको ३५ लाख २३ हजार रुपैयाँ बराबरको २५ बीमालेख सरेन्डर भएको प्राधिकरणको तथ्यांकमा उल्लेख छ ।
Advertisment