काठमाडौं : भिजन लुम्बिनी उर्जा कम्पनीले आजदेखि प्राथमिक शेयर (आईपीओ) बिक्रीमा ल्याएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्कासन गरेको हो ।
कम्पनीले जारी पुँजी एक अर्ब ९१ करोड २५ लाखको १० प्रतिशत अर्थात् रु १९ करोड १२ लाख ५० हजार बराबरको प्रतिशेयर एक सय रुपैयाँ अंकित मुल्यमा १९ लाख १२ हजार पाँच सय कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेको हो ।
यसका साथै कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि सर्वसाधारणलाई छुट्याइएको शेयरको १० प्रतिशतले हुन आउन एक करोड ९१ लाख २५ हजार रुपैयाँ बराबरको एक लाख ९१ हजार २५० कित्ता आईपीओ १०० रुपैयाँ अंकित दरमा बिक्रीमा ल्याएको छ ।
कम्पनीको उक्त शेयरमा लगानीकर्ताहरुले न्यूनतम १० कित्तादेखि अधिकतममा १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले अधिकतममा ३ लाख ८० हजार कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीले अधिकतम १९ हजार १२० कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।
कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ । आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन बन्द छिटोमा असोज २ गते हुनेछ भने ढिलोमा असोज १७ गते हुनेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने असोज २ गतेभित्र आवेदन दिनु पर्नेछ ।
आईपीओ खरिदका लागि स्थानिय बासिन्दाले आयोजना स्थल, मुक्तिनाथ बैंक र नेपाल फाइनान्सका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।
यसका साथै बिक्री प्रबन्धकको वेभसाइटमा गई रितपूर्वक विवरण भरी पनि आवेदन दिन सकिनेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुल सि आस्बा र मेरो शेयर मार्फत आवेदन दिन सक्नेछन् ।
Advertisment