Below Menu
Below Menu

हिमाल दोलखा हाइड्रोपावरको ७५ प्रतिशत हकप्रद नेप्सेमा सूचीकृत 

हिमाल दोलखा हाइड्रोपावरको ७५ प्रतिशत हकप्रद नेप्सेमा सूचीकृत 

काठमाडौं : हिमाल दोलखा हाइड्रोपावर कम्पनीको हकप्रद शेयर सूचीकृत भएको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्सेले बिहिबार कम्पनीको ७५ प्रतिशत हकप्रद शेयर सूचीकृत गरेको हो ।

नेप्सेका अनुसार कम्पनीको एक करोड २० लाख कित्ता हकप्रद शेयर सूचीकृत भएको छ । आइतबारदेखि कम्पनी सूचीकृत शेयर दोस्रो बजारमा कारोबारमा आउनेछ ।

कम्पनीले जेठ २२ गतेदेखि निष्कासनमा ल्याएको हकप्रद शेयर सूचीकत भएको हो । हाइड्रोपावरले हाल कायम चुक्ता पूँजी १ अर्ब २० करोडको आधारमा १ः०.७५ को अनुपातमा हकप्रद शेयर निष्कासन गरेको थियो । 

Advertisment

थप समाचार