काठमाडौं : साताको पहिलो कारोबार दिन आइतबार (आज) शेयर बजार दोहोरो अंकले बढेको छ । निरन्तर रुपमा ओरालो लागेको नेप्सेमा आज दोहोरो अंकको सुधार देखिएको हो ।
नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक नेप्से १०.२३ अंकले बढेर १९४२.६८ बिन्दुमा पुगेको हो । बिहिबा नेप्से २८.९२ अंकले घटेर १९३२.४५ बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका १५२ कम्पनीको शेयरमूल्य बढेको छ । भने ६६ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै नौं कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
शेयर बजारमा सुधार देखिएपनि कारोबार रकम भने बढ्न सकेको छैन । आज बजारमा एक अर्ब ७ करोड २२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बिहिबार नेप्सेमा एक अर्ब १५ करोड ९ लाख २० हजार रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज हिमाल दोलखा हाइड्रोपावर कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज आठ करोड ५६ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक शेयरमूल्य बढ्ने कम्पनीमा सूर्योदय वोेमी लघुवित्त, शुभम् पावर, न्यादी हाइडड्रोपावरर मेन्छीयाम हाइड्रोपावर रहेको छ । आज यस कम्पनीको शेयरमूल्य सर्किट लेभलमा पुगेको हो । आज हिमाल दोलखा हाइड्रोपावर कम्पनीकोे शेयरमूल्य ७ प्रतिशत भन्दाबढीले घटेको छ ।
Advertisment