Below Menu
Below Menu

सवा चार अर्बको हकप्रद जारी गर्न चार हाइड्रोपावरले दिए सेबोनमा आवेदन 

सवा चार अर्बको हकप्रद जारी गर्न चार हाइड्रोपावरले दिए सेबोनमा आवेदन 

काठमाडौं : विभिन्न चार हाइड्रोपावर कम्पनीले हकप्रद शेयर जारी गर्न बोर्डमा आवेदन दिएका छन् । नेपाल धितोपत्र बोर्डका अनुसार ४ अर्ब ३३ करोड ७० लाख ९४ हजार २२३ रुपैयाँ बराबरको हकप्रद जारी गर्न चार कम्पनीले आवेदन दिएका हुन् । 

सेबोनका अनुसार हकप्रद जारी गर्न अनुमति माग्दै लिवर्टी इनर्जी कम्पनी, न्यादी ग्रुप पावर, आँखुखोला जलविद्युत कम्पनी र बरुण हाइड्रोपावर कम्पनीले आवेदन दिएका हुन् । कम्पनीहरुले बोर्डको अनुमति पाएसँगै चार करोड ३३ लाख ७० हजार ९४२ दशमलव २३ कित्ता हकप्रद शेयर निष्काशन गर्नेछन् । 

लिवर्टी इनर्जी कम्पनीले ७५ करोड रुपैयाँ बराबरको ७५ लाख कित्ता हकप्रद जारी गर्न बोर्डमा आवेदन दिएको छ । कम्पनीले १ः१.०५ को अनुपातमा हकप्रद जारी गर्न लागेको हो । कम्पनीको हकप्रद निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ । 

त्यस्तै, ङादी ग्रुप पावरले जारी पुँजीको शतप्रतिशत अर्थात एक बराबरको एकको अनुपातमा हकप्रद जारी गर्न बोर्डमा आवेदन दिएको छ । कम्पनीले एक अर्ब ८५ करोड १२ लाख ७९ हजार २२३ रुपैयाँ बराबरको एक करोड ८५ लाख १२ हजार ७९२ दशमलव २३ कित्ता हकप्रद जारी गर्नेछ भने बित्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ । 

सेबोनका अनुसार आँखुखोला जलविद्युत कम्पनीले १५० प्रतिशत हकप्रद जारी गर्न बोर्डमा आवेदन दिएको छ । कम्पनीले एक अर्ब २० करोड रुपैयाँ बराबरको एक करोड २० लाख कित्ता हकप्रद जारी गर्न लागेको हो भने बिक्री प्रबन्धकमा नेपाल इन्भेष्टमेन्ट बैंकिङ रहेको छ । 

त्यसैगरी, बरुण हाइड्रोपावरले पनि शतप्रतिशत हकप्रदा जारी गर्न अनुमति माग गर्दै बोर्डमा आवेदन दिएको छ । कम्पनीले ५३ करोड ५८ लाख १५ हजार रुपैयाँ बराबरको ५३ लाख ५८ हजार १५० कित्ता हकप्रद जारी गर्न आवेदन दिएको हो । हाइड्रोपावरको शेयर बिक्री प्रबन्धकमा आरविवि मर्चेन्ट बैकिङ रहेको छ ।  

सेबोनका अनुसार तीन कम्पनीले एकैदिन अर्थात भदौ २१ गते हकप्रद सेयर जारी गर्न बोर्डमा आवेदन दिएका हुन् भने बरुण हाइड्रोले गत भदौ २२ गते आवेदन दिएको हो । हकप्रद जारी गर्न उक्त कम्पनीहरुले बोर्डले अनुमति दिएसँगै कम्पनीले आफ्नो वार्षिक तथा विशेष साधारण सभामा प्रस्ताव पेश गरेपछि मात्रै सो बराबरको हकप्रद जारी गर्ने छन् ।
 

Advertisment

थप समाचार