Below Menu
Below Menu

हकप्रद जारी गर्ने प्रस्तावसहित बलेफी हाइड्रोले बोलायो साधारणसभा, बुक क्लोज कहिले ? 

हकप्रद जारी गर्ने प्रस्तावसहित बलेफी हाइड्रोले बोलायो साधारणसभा, बुक क्लोज कहिले ? 

काठमाडौं : बलेफी हाइड्रोपावर कम्पनीले साधारणसभा बोलाएको छ । कम्पनीले शतप्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्तावसहित साधारणसभा गर्ने भएको हो । आइतबार बसेको सञ्चालक समितिको बैठकले कम्पनीको दशौं र एघारौं वार्षिक साधारणसभा एकै पटक गर्न निर्णय गरेको हो ।

उक्त सभा असोज १८ गते बिहान आम्रपालि व्याङ्क्वेट, नक्साल काठमाडौंमा हुनेछ । सो सभाले लेखापरीक्षण प्रतिवेदन सहित आर्थिक  वर्ष २०७७/७८ र ०७८/७९ को वार्षिक वित्तीय विवरणको वासलात, नाफा नोक्सान सोही अवधिको नगद प्रवाह विवरण र इक्विटीमा भएको परिवर्तन लगायतका विषयमा छलफल गर्नेछ ।

यसका साथै सो सभाले कम्पनीको पुँजी वृद्धि गर्ने, कम्पनीको ठेगाना परिवर्तन गर्ने, कर्जा सिमा वृद्धिको स्वीकृति गर्ने र हाल कायम रहेको चुक्ता पुँजीको १ बराबरको १ को अनुपात अर्थात शतप्रतिछशत हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्ने छ ।

साधारणसभा प्रयोजनका लागि कम्पनीले असोज ५ गते एक दिनका लागि शेयरधनी दर्ता किताब (बुक क्लोज) बन्द गर्ने भएको छ । जस अनुसार असोज ४ गतेसम्म कायम भएका शेयरधनीहरुले सो सभामा भाग लिन र कम्पनीले वितरण गर्ने हकप्रदमा आवेदन दिने सक्नेछन् । 

Advertisment

थप समाचार