Below Menu
Below Menu

सिटिजन लाइफको आईपीओ बाँडफाँट, १ लाख ७७ हजारबढीको आवेदन रद्द 

सिटिजन लाइफको आईपीओ बाँडफाँट, १ लाख ७७ हजारबढीको आवेदन रद्द 

काठमाडौं : सिटिजन लाइफको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको आईपीओ बिहिबार बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटलको कार्यालयमा बाँडफाँट भएको हो।

कम्पनीले सर्वसाधारणका लागि जारी गरेको आईपीओमा १५ लाख ८४ हजार ५९७ जनाले कुल १ करोड ७५ लाख ६८ हजार ७५० कित्ता शेयरका लागि आवेदन दिएका थिए।

मागभन्दा बढी आवेदन परेपछि कम्पनीको आईपीओ गोलाप्रथाबाट बाँडफाँट भएको हो। आवेदन दिएकाहरूमध्ये ९ लाख आवेदनकले १० कित्ताको दरले शेयर पाएका छन् भने १ लाख ७७ हजार ३ सय ६० जना आवेदन रद्ध भएको छ।

कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १४४ रुपैयाँ प्रिमियम थप गरी २४४ रुपैयाँमा सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको थियो ।

इन्स्योरेन्सले हाल कायम रहेको पूँजी ३ अर्ब ७५ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने एक अर्ब १२ करोड ५० लाख रुपैयाँ बराबरको एक करोड १२ लाख ५० हजार कित्ता शेयर बिक्रीमा ल्याएको हो । 

Advertisment

थप समाचार