Below Menu
Below Menu

मिड सोलु हाइड्रोपावरको आईपीओ आजदेखि बिक्रीमा 

मिड सोलु हाइड्रोपावरको आईपीओ आजदेखि बिक्रीमा 

काठमाडौं : मिड सोलु हाइड्रोपावर लिमिटेडले आजदेखि सर्वसाधारणमा आईपीओ निष्कासन गरेको छ । कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित दरमा सर्वसाधारणका लागि आईपीओ जारी गरेको हो ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय र वैदेशिक रोजगारीमा गएका नेपालीहरुलाई निष्कासन गरेको आईपीओ बाँडफाँड गरेपछि सर्वसाधारणका लागि बिक्रीमा ल्याएको हो ।

हाइड्रोपावरले हाल कायम रहेको जारी पूँजी ७४ करोड ८४ रुपैयाँको १० प्रतिशतले हुन आउने ७ करोड ४८ लाख ४० हजार रुपैयाँ बराबरको ७ लाख ४८ हजार ४०० कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीमया बाँडफाँट गरिसकेको छ   ।

कम्पनीले जारी गर्न लागेको कुल शेयरमा ३७ हजार ४२० कित्ता सेयर सामूहिक लगानी कोषका लागि र १४ हजार ९६८ सय कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि छुट्याइएको छ । बाँकी रहेको ६ लाख २१ हजार १७२ कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

कम्पनीले निष्कासनमा ल्याएको शेयरमध्ये ७४ लाख ८४ हजार रुपैयाँ बराबरको ७४ हजार ८४ कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपाली निष्काशन गरि बाँडफाँट गरिसकेको छ ।

कम्पनीको आईपीओमा लगानीकर्ताले भदौ असोज २ गतेसम्म आवेदन दिन सक्नेछन् । सो अवधिभित्र पूर्ण आवेदन नपरेमा निष्काशन अवधि असोज १२ गतेसम्म लम्बिने कम्पनीले जनाएको छ ।

कम्पनीले जारी गर्न लागेको आईपीओमा लगानीकर्ताहरुले न्यूनतम २० कित्तादेखि अधिकतममा १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइसी एशिया   क्यापिटल लिमिटेड रहेको छ । आईपीओ खरिदका लागि लगानीकर्ताले बिक्री प्रबन्धकको वेभसाइट र सि आवस्वा तथा मेरो शेयरबाट आवेदन दिन सक्नेछन् ।
 

Advertisment

थप समाचार