काठमाडौं : नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले सेबोनको ब्रोकर कमिसन नघटाइई अरुको घटाउने बताएका छन् । शुक्रबार नेपाल आर्थिक पत्रकार संघ नाफिजले आयोजना गरेको आर्थिक मन्दीमा पूँजीबजार विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
कार्यक्रममा बोल्दै उनले भने, 'ब्रोकर कमिसनको शुल्क घटाउनुपर्ने कुरा आइरहेको छ। कमिसन घटाउदा पहिले सेबोनको घटाउँछौ। पछि नेप्से र ब्रोकर कम्पनीहरुको घटाउँछौ।'
यसका साथै उनले मुलुकको आर्थिक स्थिति र पूँजीबजार को अवस्था भयावह नरहेको बताए। उनले भने, 'नेपालको पूँजीबजारको अवस्था भयावह छैन। लगानीकर्तामा धैर्यताको कमि भएको हो। नेपालीलाई हप्तामा एक पटक मेडिटेशनको आवश्यकता रहेको छ। '
कार्यक्रम बोल्दै उनले लगानीकर्तालाई दिएको आश्वासन पनि पुरा गर्ने बताए। उनले एनआरएन मार्फत लगानी भित्र्याउन झमेला रहेको समेत स्वीकार गरे।
'सेबोनले जति नीति ल्याएको छ। ती सबै बुझेर छलफल गरेर मात्रै लाएको छ', उनले दावी गरे।
Advertisment