Below Menu
Below Menu

शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्दै दोर्दी खोला जलविद्युत र राप्ती हाइड्रो 

शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्दै दोर्दी खोला जलविद्युत र राप्ती हाइड्रो 

काठमाडौं : दोर्दी खोला जलविद्युत कम्पनी र राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएका छन् ।

यी दुई हाइड्रोपावर कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित दरमा हकप्रद शेयर जारी गर्न लागेका हुन् । हाइड्रोपावरले हाल कायम रहेको चुक्ता पूँजीको १ बराबर १ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेका हुन् ।

दोर्दी खोला जलविद्युत कम्पनीको भदौ २८ गते बसेको सञ्चालक समितिको बैठकले एक सय रुपैयाँ अंकित दरमा १ करोड ५ लाख ४२ हजार ६०४ कित्ता हकप्रद शेयर जारी गर्ने निर्णय गरेको हो । 

त्यस्तै, भदौ २९ गते बसेको राप्ती हाइड्रोको सञ्चालक समितिको बैठकले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका अधिकतम ६१ लाख २७ हजार ९३८ कित्ता हकप्रद शेयर निष्काशन गर्ने निर्णय गरेको हो ।

कम्पनीहरुले विद्युत नियमन आयोगबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात् हकप्रद शेयर निष्काशन गर्नेछन् । 
 

Advertisment

थप समाचार