काठमाडौं : हिमालयन रि इन्स्योरेन्स र सान्भि इनर्जी कम्पनीले प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने भएका छन् । नेपाल धितोपत्र बोर्डका अनुसार हिमालयन रि इन्स्योरेन्सले प्रिमियम मूल्यमा र सान्भि इनर्जीले प्रतिशेयर एक सय रुपैयाँ अंकित मूल्यमा आईपीओ जारी गर्न अनुमति माग्दै बोर्डमा आवेदन दिएका हुन् ।
सेबोनका अनुसार हिमालयन रि इन्स्योरेन्सले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १०८ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०८ रुपैयाँमा ३ करोड कित्ता र सान्भि इनर्जीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा ३७ लाख ९० हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति मागेका हुन् ।
हिमालयन रि इन्स्योरेन्स कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ भने सान्भि इनर्जीको शेयरयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ। बोर्डको अनुमति पाएसँगै यी दुई कम्पनीले सर्वसाधारणमा आईपीओ जारी गर्नेछन् ।
Advertisment