Below Menu
Below Menu

शेयर बजारमा उच्च अंकको पहिरो, कारोबार रकम २ अर्ब नाघ्यो 

शेयर बजारमा उच्च अंकको पहिरो, कारोबार रकम २ अर्ब नाघ्यो 

काठमाडौं : साताको पहिलो कारोबार दिन आइतबार (आज) शेयर बजार उच्च अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक नेप्से ४२.१४ अंकले घटेर १९६४.९१ बिन्दुमा पुगेको हो । बुधबार नेप्से ३९.४८ अंकले बढेर २००७.०६ बिन्दुमा बन्द भएको थियो ।

आज कारोबारमा आएका ११ कम्पनीको शेयरमूल्य बढेको छ । भने २१३ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै तीन कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

शेयर बजारमा घटेपनि कारोबार रकममा भने सुधार देखिएको छ । आज बजारमा दुई अर्ब २ करोड ८४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार नेप्सेमा एक अर्ब ३९ करोड ५५ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज एनआईसी एशिया बैंकको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज २७ करोड ५४ लाख रुपैयाँ बराबरको कारोबार भएको हो । 

सर्वाधिक शेयरमूल्य बढ्नेमा शुभम पावर कम्पनी रहेको छ । आज यस कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको हो । आज मोलुङ हाइड्रोपावर कम्पनीकोे शेयरमूल्य ९ प्रतिशत भन्दाबढीले घटेको छ । 
 

Advertisment