Below Menu
Below Menu

एक महिनामै भित्रियो १ खर्ब १६ अर्ब रेमिट्यान्स

एक महिनामै भित्रियो १ खर्ब १६ अर्ब रेमिट्यान्स

काठमाडौं : चालु आर्थिक वर्षको साउन महिनामा १ खर्ब १६ अर्ब २ करोड रेमिट्यान्स भित्रिएको छ। नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको तथ्यांक अनुसार साउन महिनामा २५.८ प्रतिशतले वृद्धि भई १ खर्ब १६ अर्ब २ करोड पुगेको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २०.३ प्रतिशतले बढेको थियो ।

बैदेशिक रोजगारीमा जाने नेपालीहरुको संख्या बृद्धिसँगै रेमिट्यान्समा सुधार आएको हो । यसैगरी अमेरिकी डलरमा विप्रेषण आप्रवाह २१.५ प्रतिशतले वृद्धि भई ७ करोड ९ लाख पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १२.५ प्रतिशतले बढेको थियो । साउन महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृ लिने नेपालीको संख्या १२.१ प्रतिशतले कमी आई ३९,१५२ कायम भएको तथ्यांकमा उल्लेख छ।

त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा १९.५ प्रतिशतले कमी आई १६,४२३ कायम भएको छ । तर, अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ७५.४ प्रतिशतले बढेको थियो ।

Advertisment

थप समाचार