Below Menu
Below Menu

इक्रा नेपालद्वारा ५१.१० प्रतिशत लाभांश प्रस्तावसहित साधारणसभा आह्वान

इक्रा नेपालद्वारा ५१.१० प्रतिशत लाभांश प्रस्तावसहित साधारणसभा आह्वान

काठमाडौं : इक्रा नेपाल लिमिटेडले लाभांश घोषणा गरेको छ । शुक्रबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश दिने घोषणा गरेको हो ।

कम्पनीले हाल कायम रहेको चुक्ता पूँजीको ५१.१०२१३६१११ प्रतिशतले हुन आउने चार करोड २५ लाख ५३ हजार ५३८ रुपैयाँ लाभांश दिने घोषणा गरेको हो ।

उक्त प्रस्तावित लाभांश पारित गर्न कम्पनीले असोज २५ गते बिहिबार साधारणसभा समेत बोलाएको छ । उक्त सभा सो दिन दिउँसो १२ः३० बजे एलोफ्ट होटल ठमेल काठमाडौंमा हुनेछ । साधारण सभाले पारित गरेपछि मात्र शेयरधनीले उक्त लाभांश पाउनेछन् ।
 

Advertisment