Below Menu
Below Menu

खानी खोला हाइड्रोपावरको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल नियुक्त 

खानी खोला हाइड्रोपावरको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल नियुक्त 

काठमाडौं : खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेडले शतप्रतिश हकप्रद शेयर निष्काशन गर्ने भएको छ। हाइड्रोपावरले हाल कायम चुक्ता पूँजीको १ बराबर १ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो। हाइड्रोपावरको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल नियुक्त भएको छ । 

कम्पनीको गत आइतबार बसेको सञ्चालक समितिको बैठकले बैंक ऋण भुक्तानी गर्नका लागि शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने निर्णय गरेको हो । कम्पनीले विद्युत नियमन आयोगबाट सहमति लिई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात हकप्रद शेयर निष्काशन गर्नेछ।

Advertisment

थप समाचार