Below Menu
Below Menu

आशा लघुवित्तको एक लाख कित्ता बढी संस्थापक शेयर ३७० रुपैयाँमै सर्वसाधारणले किन्न सकिने 

आशा लघुवित्तको एक लाख कित्ता बढी संस्थापक शेयर ३७० रुपैयाँमै सर्वसाधारणले किन्न सकिने 

काठमाडौं : आशा लघुवित्त वित्तीय संस्थाले एक लाख ३० हजार कित्ता संस्थापक शेयर सर्वसाधारणले समेत खरिद गर्न पाउने गरी बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक शेयर खरिद गर्न विद्यमान शेयरधनीहरुका ३५ दिने सूचना जारी गरेको थियो । 

लघुवित्तको शेयर खरिदका लागि तोकिएको समयमा संस्थापक शेयरधनीहरुबाट आवेदन नपरेपछि कम्पनीले सर्वसाधारणका लागि शेयर बिक्रीमा ल्याएको हो । कम्पनीको न्युनतम शेयरमूलय ३७० रुपैयाँ तोकिएको छ ।  

उक्त शेयर अरिद गर्न चाहने व्यक्ति वा संस्थाले सूचना प्रकाशित भएको ७ दिन भित्र आवश्यक कागजपत्र संलग्न गरी संस्थाको केन्द्रीय कार्यालय बनेपामा आफूले खरिद गर्न चाहेको शेयर संख्या उल्लेख गरी आवेदन दिनुपर्नेछ । 

Advertisment

थप समाचार