Below Menu
Below Menu

रोकिएन नेप्सेको गिरावट, डेढ अर्बमा खुम्चियो कारोबार 

रोकिएन नेप्सेको गिरावट, डेढ अर्बमा खुम्चियो कारोबार 

काठमाडौं : साताको दोस्रो कारोबार दिन सोमबार (आज) शेयर बजार सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक नेप्से ५.८९ अंकले घटेर २००४.४५ बिन्दुमा पुगेको हो । आइतबार नेप्से १९.४२ अंकले घटेर २०१०.३५ बिन्दुमा बन्द भएको थियो ।

आज कारोबारमा आएका ९२ कम्पनीको शेयरमूल्य बढेको छ । भने १२९ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै १० कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

शेयर बजार घटेसँगै कारोबार रकममा पनि गिरावट आएको छ । आज बजारमा एक अर्ब ५६ करोड ५५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबार नेप्सेमा दुई अर्ब ३२ करोड ६८ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । 

आज सन नेपाल लाइफ इन्स्योरेन्सको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज सात करोड ६८ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।

सर्वाधिक शेयरमूल्य बढ्ने माई खोला हाइड्रोपावर, एशियन हाइड्रोपावर, मन्दाकिनी, इस्टर्न,   हिमालयन उर्जा विकास कम्पनी, हिमालयन लघुवित्त वित्तीय संस्था र सयपत्री हाइड्रोपावर रहेका छन् । यस कम्पनीको शेयरमूल्य सर्किट लेभलमा पुगेको हो । आज शुभम पावर, थ्री स्टार हाइड्रोपावर र अपर लोहोरे खोला हाइड्रोपावरको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ ।  
 

Advertisment

थप समाचार