Below Menu
Below Menu

लघुवित्तका समस्या र समाधानसम्बन्धी अध्ययन प्रतिवेदन (पूर्ण पाठ)

लघुवित्तका समस्या र समाधानसम्बन्धी अध्ययन प्रतिवेदन (पूर्ण पाठ)

काठमाडौं : नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाका समस्या र समाधानसम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ ।
     
लघुवित्त क्षेत्रमा समस्या बढ्दै गएर ऋणीहरु आन्दोलनमा उत्रिएपछि राष्ट्र बैंक सञ्चालक समितिले गत फागुन १० गते आर्थिक अनुसन्धान विभागका कार्यकारी निर्देशक डा प्रकाशकुमार श्रेष्ठको संयोजकत्वमा सात सदस्यीय अध्ययन समिति गठन गरेको थियो । उक्त समितिले लघुवित्त क्षेत्रमा देखिएका समस्या समाधान गर्न विभिन्न २० मुख्य क्षेत्रमा केन्द्रित रहेर एक सय ८१ वटा सुझावसहितको प्रतिवेदन दिएको हो ।
     
विगत केही वर्षयता लघुवित्त क्षेत्रको तीव्र विस्तारसँगै विभिन्न समस्या देखिन थालेका छन् । यो अध्ययन प्रतिवेदनले लघुवित्त वित्तीय संस्थाले नाफामा मात्र जोड दिई लक्ष्य विचलनको अवस्था सिर्जना भएको, कमजोर आन्तरिक नियन्त्रण प्रणाली, कमजोर संस्थागत सुशासन र बहुबैंकिङसँगै ग्राहकमा अत्यधिक ऋणको अवस्था मुख्य समस्याका रुपमा औँल्याएको छ । त्यस्तै, कर्मचारीलाई तालिमको अभाव, ग्राहक दुव्र्यवहार र संरक्षणमा समस्या, सुगम क्षेत्रमा मात्र केन्द्रित रही दुर्गममा अझै पहुँचमा कमी, लघुवित्तको मोडलमा समस्याजस्ता देखिएको प्रतिवेदनमा उल्लेख छ ।

Advertisment

थप समाचार