काठमाडौं : चालु आर्थिक वर्षको पहिलो त्रैमासमा एन आई सी एशिया लघुवित्तको खराब कर्जा ११.२२ प्रतिशत पुगेको छ । खराब कर्जा बढेसँगै यसको खुद नाफा पनि घटेको छ ।
कम्पनीको खुद नाफा ३१.८५ प्रतिशतले घटेर ४ करोड ४८ लाख ४२ हजार रुपैयाँमा सिमित भएको छ । अघिल्लो वर्षको यसैअवधिमा कम्पनीको खुद नाफा ६ करोड ५७ लाख ९५ हजार रुपैयाँ थियो । कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफा पनि घटेको छ ।
खुद ब्याज आम्दानी १३.६७ प्रथिशतले घटेर २५ करोड ५ लाख ८१ हजार रुपैयाँमा सिमित भएको छ । सञ्चालन नाफा २७.८५ प्रतिशतले ले घटेर ६ करोड ७८ लाख ११ हजार रुपैयाँमा सिमिति भएको छ ।
त्यस्ते प्रतिसेयर आम्दानी पनि ४ रुपैयाँ ७३ पैसाले घटेर १० रुपैयाँ १२ पैसामा आएको छ । प्रतिसेयर नेटवर्थ १३४ रुपैयाँ ६४ पैसा छ । कम्पनीको चुक्ता पुँजी १ अर्ब ७३ करोड ९४ लाख ४० हजार रुपैयाँ छ।
Advertisment