Below Menu
Below Menu

जीवन बीमा कम्पनीको नाफा पौने दुई अर्ब, हिमालयन लाइफको अग्रता

जीवन बीमा कम्पनीको नाफा पौने दुई अर्ब, हिमालयन लाइफको अग्रता

काठमाडौं : चालु आर्थिक वर्षको पहिलो त्रैमासमा जीवन बीमा कम्पनीहरुको खुद नाफा ३६ प्रतिश भन्दा बढीले बढेको छ । यस अवधिमा कम्पनीहरुले झण्डै पौने २ अर्ब रुपैयाँ बराबरको खुद नाफा आर्जन गरेका हुन् ।

कम्पनीहरुले प्रकाशित गरेको वित्तीय विवरण अन्ुसार असोज मसान्तसम्म १४ वटा जीवन बीमा कम्पनीहरुले १ अर्ब ७१ करोड ९९ लाख रुपैयाँ नाफा कमाएका हुन् । जुन गत वर्षको तुलनामा ३६.६३ प्रतिशतले बढी हो । गत वर्षको सोही अवधिमा कम्पनीहरुले एक अर्ब २५ करोड ८८ लाख रुपैयाँ खुद नाफा गरेका थिए ।

यस अवधिमा सर्वाधिक व्यवसाय विस्तार गर्नेमा राष्ट्रिय जीवन बीमा कम्पनी रहेको छ । गत वर्षको असोज मसान्तसम्म ३६ लाख ८५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको कम्पनीले यस वर्ष १०४० प्रतिशत नाफा बढाएर ४ करोड २० लाख रुपैयाँ पुर्याएको छ ।

त्यस्तै असोज मसान्तसम्म सुर्याज्योति लाइफले १३ करोड २१ लाख रुपैयाँ नाफा कमाएको छ । जुन गत वर्षको तुलनामा २६३.३१ प्रतिशतले धेरै हो । यस अवधिमा एशियन लाइफ इन्स्योरेन्स कम्पनीले पनि खुद नाफामा उल्लेख्य वृद्धि गरेको छ ।

गत वर्षको सोही अवधिमा १४ करोड ४५ लाख रुपैयाँ कमाएको सो कम्पनी चालु आवको असोज मसान्तसम्म आइपुग्दा १४.९६ प्रतिशतले नाफा बढाएर १६ करोड ६१ लाख रुपैयाँ पुर्याएको छ । त्यसैगरी यस अवधिमा सानीमा रिलायन्स लाइफको १२८.३७ प्रतिशत बढेर ११ करोड ८ लाख रुपैयाँ पुगेको छ ।

प्रकाशित वित्तीय विवरण अनुसार यस अवधिमा नेशनल लाइफ इन्स्योरेन्सले १३ करोड २ लाख रुपैयाँ नाफ कमाएको छ भने नेपाल लाइफले १५ करोड ७९ लाख रुपैयाँ, लाइफ इन्स्योरेन्स कर्पाेरेशनले ५ करोड ९७ लाख र मेट लाइफले नौं करोड २५ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

असोज मसान्तसम्म आइपुग्दा आइएमई लाइफको खुद नाफा ७६.२० प्रतिशत बढेर १३ करोड ३ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, पहिलो त्रैमाससम्म सन नेपाल लाइफको ३०.८० प्रतिशत बढेर १६ करोड ५३ लाख रुपैयाँ पुगेको छ भने रिलायबल नेपाल लाइफको १.०१ प्रतिशत बढेर ११ करोड ९४ लाख रुपैयाँ पुगेको छ ।

यस अवधिमा सिटिजन लाइफले सात करोड १४ लाख रुपैयाँ नाफा कमाउँदा हिमालयन लाइफको ३५.३७ प्रतिशत बढेर २४ करोड १३ लाख रुपैयाँ पुगेको छ । त्यस्तै प्रभु महालक्ष्मी लाइफले यस अवधिमा ५३.६२ प्रतिशतले नाफा बढाएर १० करोड तीन लाख रुपैयाँ पुर्याएको छ ।

 

 

 

Advertisment

थप समाचार