Below Menu
Below Menu

भूकम्पपीडित पत्रकारलाई बागमती प्रदेश समितिको ५० हजार सहयोग

भूकम्पपीडित पत्रकारलाई बागमती प्रदेश समितिको ५० हजार सहयोग

काठमाडौं : नेपाल पत्रकार महासंघ, बागमती प्रदेश समितिले जाजरकोट र रुकुमका भूकम्पपीडित पत्रकारलाई ५० हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।

प्रदेश समितिका अध्यक्ष शिव देवकोटाका अनुसार केन्द्रीय समितिको आव्हानमा समितिले ५० हजार सहयोग गर्ने निर्णय गरेको हो । 

प्रारम्भिक जानकारी अनुसार जाजरकोट र रुकुमपश्चिमका ५६ जना पत्रकारको घर र १० वटा संचार माध्यमका कार्यालय भवनमा क्षति पुगेको छ ।

सरकारले सोमबार भूकम्प प्रभावितहरूको अस्थायी आवास निर्माणका लागि पाँच जिल्लामा डेढ अर्ब रकम निकासा गरेको थियो।

Advertisment