काठमाडौं : नक्कली शरणार्थी प्रकरणमा मुछिएका तत्कालीन गृहमन्त्री बालकृष्ण खाण थुनामै रहने भएका छन् । उच्च अदालत पाटनका न्यायाधीशद्वय प्रकाश खरेल र जनक पाण्डेको इजलासमा राय बाझिएपछि हाललाई उनी थुनामै रहने भएका हुन् । अर्का न्यायाधीशको इजलासमा सुनुवाइ भएपछि उनको राय अनुसार थुनामा राख्ने वा छाड्ने निर्णय हुने बताइएको छ ।
उच्च अदालत पाटनमा यही मङ्सिर ५ गतेदेखि सुरू भएको नक्कली भुटानी शरणार्थी प्रकरणको सुनुवाइ सकिएको छ । जिल्ला अदालत काठमाडौले सुनाएको थुनछेक आदेशविरुद्ध दायर गरिएको पुनरावलोकन निवेदनमाथिको सुनुवाइ सकिएर अदालतले शुक्रबार निर्णय सुनाएको हो ।
Advertisment