Below Menu
Below Menu

भारतले लगायो प्याज निर्यातमा प्रतिबन्ध 

भारतले लगायो प्याज निर्यातमा प्रतिबन्ध 

काठमाडौं : भारत सरकारले प्याज निर्यातमा प्रतिबन्ध लगाएको छ । भारतको वैदेशिक व्यापार महानिर्देशनालयले बिहिबार एक राजपत्र प्रकाशित गर्दै आगामी मार्चसम्मका लागि प्याज निर्यातमा रोक लगाएको हो ।

विदेश व्यापार ऐन र नीति अन्तर्गत रहेर आगामी चैत १८ गतेसम्मका लागि प्याज निर्यातमा प्रतिबन्ध लगाएको जनाएको छ । भारतले प्याज निर्यातमा रोक लगाएसँगै त्यसको असर नेपालमा पनि पर्ने देखिन्छ ।

यसअघि गत भदौमा प्याज निर्यातलाई निरुत्साहन गर्न भारतले निर्यातमा ४० प्रतिशत भन्सार शुल्कको घोषणा गरेको थियो ।
 

Advertisment

थप समाचार