काठमाडौं : आन्तरिक राजश्व विभागले स्वदेशमै उत्पादन भएको आलु र प्याजको बिक्रीमा मूल्य अभिवृद्धि कर (भ्याट) नलाग्ने प्रष्ट पारेको छ । विभागले शुक्रबार एक विज्ञप्ति जारी गर्दै विभागले नेपालमा उत्पादित आलु र प्याजमा भ्याट नलाग्ने जनाएको हो ।
उद्योगी व्यवसायीले आलु र प्याजको बिक्रीमा भ्याट लगाइएको भन्दै चार दिनदेखि ती वस्तुको कारोबारमा हड्ताल गर्दै आएका छन् ।
विभागले आन्तरिक उत्पादन बिक्रीमा मूल्य अभिवृद्धि कर (भ्याट) लाग्ने भन्ने विषयलाई लिएर आपूर्ति असहज बनाइएको विषयमा ध्यानाकर्षण भएको जनाएको छ ।
विभागद्वारा जरी विज्ञप्तीमा भनिएको छ, ‘आन्तरिक कृषिजन्य उत्पादनलाई प्रवर्द्धन र संरक्षण गर्ने नेपाल सरकारको नीति अनुरुप नेपालमा उत्पादन भएका आलु, प्याजमा मूल्य अभिवृद्धि कर नलगाइएको र नलाग्ने व्यहोरा सरोकारवाला सबैमा यसै सूचनाद्वारा जानकारी गराइन्छ ।’ 
Advertisment