Below Menu
Below Menu

आजदेखि लागु हुनेगरी अधिकांश बैंकहरुले घटाए ब्याजदर, कुनको कति ? 

आजदेखि लागु हुनेगरी अधिकांश बैंकहरुले घटाए ब्याजदर, कुनको कति ? 

काठमाडौं : हाल सञ्चालनमा रहेका वाणिज्य बैंकहरुले पुस महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । बैंकहरुले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार मंसिर महिनाको तुलनामा अधिकांश बैंकहरुले ब्याजदर घटाएका छन् ।

बैंकहरुको प्रकाशित गरेको नयाँ ब्याजदर अनुसार गत मंसिर महिनाको तुलनामा १८ बैंकहरुले कात्तिक महिनाका लागि ब्याजदर घटाएका छन् भने दुई बैंकहरुले मंसिर महिना कै ब्याजदरलाई कायम गरेका छन् ।

पुस महिनाका लागि बैंकहरुको व्यतिmगत तर्फको मुद्दती निक्षेपको औषत ब्याजदर ८.९९ प्रतिशत रहेको छ । मंसिरमा यस्तो ब्याजदर ९.६१ प्रतिशत रहेको थियो ।  प्रभु र सानिमा बैंकहरुले मंसिर महिनाकै ब्याजदरलाई यथावत राखेका छन् । 

एभरेष्ट बैंकले पुस महिनाका लागि सबै भन्दा कम ८ प्रतिशत ब्याजदर दिने भएको छ  भने प्राइम कमर्सियलले सबैभन्दा बढी १० प्रतिशत ब्याज दिने भएको छ । त्यस्तै, हिमालयन बैंकले ८.६०३ प्रतिशत, नबिलले ८.६ प्रतिशत, कुमारीले ९.३१ प्रतिशत र ग्लोबल आईएमई बैंकले ८.६ प्रतिशत ब्याजदर कायम गरेको छ ।

त्यसैगरी सिटिजन्स इन्टरनेशनल बैंकले ९.३५ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगाले ९.५ प्रतिशत, स्ट्याण्डर्ड चार्टर्डले ८.५६ प्रतिशत, कृषि विकास बैंकले ९.०१२ प्रतिशत र सिद्धार्थ बैंकले ९.२५ प्रतिशत ब्याज दिने भएको छ । 

नेपाल बैंकले पुस महिनाका लागि व्यक्तिगत तर्फको मुद्दती निक्षेपमा ८.५५ प्रतिशत ब्याज दिने भएको छ । त्यस्तै एनआईसी एशिया बैंकले ८.६७ प्रतिशत, लक्ष्मी सनराइजले ९ प्रतिशत, एनएमबिले ९ प्रतिशत, राष्ट्रिय वाणिज्यले ८.६१ प्रतिशत, नेपाल एसबिआईले ९.६ प्रतिशत र माछापच्छ्रे बैंकले ९.६ प्रतिशत ब्याज दिने भएको छ । 
 

Advertisment

थप समाचार