Below Menu
Below Menu

एक खर्ब ३१ अर्ब सार्वजनिक ऋण थपिदा, करिब ९२ अर्ब ब्याज भुक्तानी  

एक खर्ब ३१ अर्ब सार्वजनिक ऋण थपिदा, करिब ९२ अर्ब ब्याज भुक्तानी  

काठमाडौं : नेपाल राष्ट्र बैंकले सरकारका लागि चालु आर्थिक वर्षको पाँच महिनाको अवधिमा एक खर्ब बढी ऋण उठाएको छ । 
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको तथ्यांक अनुसार मंसिर मसान्तसम्म राष्ट्र बैंकले एक खर्ब ३१ अर्ब २८ करोड रुपैयाँ बराबरको ऋण उठाएको हो । जसमा आन्तरिक ऋण एक खर्ब ११ अर्ब ३१ करोड रुपैयाँ रहेको छ भने बाह्य ऋण १९ अर्ब ९७ करोड रुपैयाँ रहेको छ । 

यस अवधिमा सरकारले करिब ९२ अर्ब रुपैयाँ सार्वजनिक ऋणको साँवा र ब्याज भुक्तानी गरेकोे छ । जसमा आन्तरिक ऋण तर्फ ७० अर्ब ७६ करोड रुपैयाँ र बाह्य ऋण तर्फ २१ अर्ब १९ करोड रुपैयाँ भुक्तानी गरिएको कार्यालयको तथ्यांकमा उल्लेख छ ।

यस अवधिमा सरकारले आन्तरिक ऋण अन्तर्गतको ४२ अर्ब ८४ करोड १६ लाख रूपैयाँ र बाह्य ऋणमा १६ अर्ब ५३ करोड १६ लाख रूपैयाँ साँवा फिर्ता गरेको छ । त्यस्तै आन्तरिक ऋणको ब्याजमा २७ अर्ब ७२ करोड र बाह्य तर्फ ४ अर्ब ६६ करोड रुपैयाँ भुक्तानी गरेको हो । 

कार्यालयका अनुसार तिर्न बाँकी सार्वजनिक ऋण २३ खर्ब ७१ अर्ब २५ करोड ९५ लाख रूपैयाँ पुगेको छ । जसमा आन्तरिक ऋण ११ खर्ब ९७ अर्ब ५७ करोड रुपैयाँ छ भने बाह्य ऋण ११ खर्ब ७३ अर्ब ६८ करोड रुपैयाँ पुगेको छ 

गत असार मसान्तसम्म नेपालको सार्वजनिक ऋण २२ खर्ब ९९ अर्ब ३५ करोड २५ लाख रूपैयाँ रहेको थियो । यस अवधिमा ७१ अर्ब ७० करोड सार्वजनिक ऋण थपिएको छ । 
 

Advertisment

थप समाचार