Below Menu
Below Menu

धितोपत्र बोर्डका अध्यक्ष हमालको सम्पत्ति छानबिन गर्न लेखा समितिको निर्देशन 

धितोपत्र बोर्डका अध्यक्ष हमालको सम्पत्ति छानबिन गर्न लेखा समितिको निर्देशन 

काठमाडौं : नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालको सम्पत्ति छानबिन गर्न सम्पत्ति शुद्दीकरण विभागलाई सार्वजनिक लेखा समितिले निर्देशन दिएको छ । 

बिहिबार बसेको संसदीय समितिको बंकले समितिले बोर्डले विभिन्न कम्पनीको आइपीओ निष्कासनमा नियमावली नै परिवर्तन गरेर अनुमति दिएको भन्दै हमालको सम्पत्ति छानविन गर्न विभागलाई निर्देशन दिएको हो ।

समितिको बैंठकले प्रिमियम मूल्यमा शेयर निष्काशन गर्ने अनुमति दिनु भनेको नीतिगत भ्रष्टाचार रहेको भन्दै सबै आईपीओको औचित्य र मूल्यांकनको सम्बन्धमा छानबिन गर्न अख्तियार दुुरुपयोग अनुसान्त्रान आयोगलाई निर्देशन दिएको छ । 

धितोपत्र बोर्डको नियमावली लगायतका विषयमा छलफल गर्दै समितिले घाटामा रहेका कम्पनीलाई सेयर निष्काशन गर्न दिएको, प्रिमियममा शेयर निष्काशन गर्न दिँदा भ्रष्टाचारको आशंका पैदा भएको भन्दै छानबिन गर्न निर्देशन दिएको हो ।

प्रिमियममा जारी भएका आईपीओका विषयमा छलफल गर्न लेखा समितिले बिहिबार बोर्डका अध्यक्ष हमाललाई बोलाएको थियो । तर, उनी बिना जानकारी बैठकमा अनुपस्थित भएका थिए । कुनै सूचना नदिई बैठकमा उपस्थित नभएको भन्दै समितिले खेद प्रकट पनि गरेको छ । 
 

Advertisment

थप समाचार