Below Menu
Below Menu

मिर्मिरे लघुवित्तद्वारा लाभांश प्रस्ताव 

मिर्मिरे लघुवित्तद्वारा लाभांश प्रस्ताव 

काठमाडौं : मिरमिरे लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । संस्थाको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ६.३२ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पुँजीको ६.३२ प्रतिशतले हुन आउने ४ करोड २० लाख ७६ हजार ३०२ दशमलव २ रुपैयाँ बराबरको करसहितको नगद लाभांश दिने घोषणा गरेको हो ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पछि कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि शेयरधनीहरुले पाउनेछन् । 
 

Advertisment

थप समाचार