काठमाडौं : प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले बीमालेख नविकरणमा ५० प्रतिशत छुट दिने भएके छ । कम्पनीले नविकरण बीमाशुल्क भुक्तानी गर्नुपर्ने बीमालेखहरूमा दुई शर्तसहित छुट दिने जनाएको हो ।
मोहलत अवधि नाघी ब्यतित भई पुनर्जागरणको लागि तोकिएको प्रक्रिया पुरा गरी पुस १६ गतेदेखि पुस २७ सम्ममा नविकरण बीमाशुल्क भुक्तानी गरी सुचारू गरेमा बीमालेख नविकरण शुल्कमा लाग्ने बिलम्ब शुल्कमा ५० छुट जनाएको हो ।
कम्पनीका अनुसार यस योजनामा समावेश भई पुनर्जागरण भएका बीमालेखहरू पुनर्जागरण भएको २ वर्ष भित्र समर्पण गर्न आएमा प्रदान गरेको बीलम्ब शुल्क छुटको सम्पूर्ण रकम कट्टा गरिनेछ।
यसका साथै पहिले बिलम्व छुट सुविधा प्राप्त गरीसकेका बीमितहरुलाई छुट नदिने कम्पनीले जनाएको छ । साथै यस छुट योजनामा सहभागी भई छुट प्राप्त गर्ने बीमितहरुलाई पुरा व्याज छुट प्रदान नगरिने कम्पनीले जनाएको छ ।
Advertisment