Below Menu
Below Menu

फाखेल–फर्पिङ सडकखण्ड दुई महिना बन्द

फाखेल–फर्पिङ सडकखण्ड दुई महिना बन्द

मकवानपुर : फाखेल–फर्पिङ सडकखण्ड दुई महिनाका लागि बन्द गरिएको छ । मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाअन्तर्गत पर्ने कुलेखानी, हुमाने, फाखेल सडक र हुमाने मातातीर्थ हुँदै काठमाडौँको टेकु जोड्ने सडक निर्माण र स्तरोन्नति गरिने भएकाले सवारीसाधन सञ्चालन बन्द गरिएको हो ।

“आजदेखि आगामी फागुन १५ गतेसम्म फाखेल–फर्पिङ सडकखण्डमा सवारीसाधन आवागमन बन्द गरिएको छ”, इन्द्रसरोवर गाउँपालिकाका सूचना अधिकारी दीपक चापागाईले भने। वैकल्पिक यात्राका लागि हेटौँडा–भीमफेदी कुलेखानीबाट इन्द्रसरोवरको सिस्नेरी दक्षिणकाली तथा कुलेखानीको कलङ्की हुँदै मार्खु र चित्लाङको बाटो हुँदै काठमाडौँको थानकोट पुग्ने सडक प्रयोग गर्न उनले आग्रह गरे ।

सूचना अधिकारी चापागाईका अनुसार वैकल्पिक यात्राका लागि काठमाडौँको चापागाउँ हुँदै कान्तिलोकपथबाट हेटौँडातर्फ आउने सडक प्रयोग गर्न सकिने छ ।  

Advertisment

थप समाचार