काठमाडौं : साताको दोस्रो कारोबार दिन सोमबार (आज) शेयर बजार सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ८.७५ अंकले घटेर २०६०.१५ बिन्दुमा पुगेको हो । बिहिबार नेप्से १.९३ अंकले घटेर २०६८.९० बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका ७७ कम्पनीको शेयरमूल्य बढेको छ । भने १५९ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै १० कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
शेयर बजार घटेपनि आज कारोबार रकममा सामान्य सुधार आएको छ । आज बजारमा चार अर्ब ४८ करोड ३९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बिहिबार नेप्सेमा चार अर्ब २९ करोड ९ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज शिवम् सिमेन्टस् सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज १४ करोड ३८ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक मूल्य बढ्ने कम्पनीमा सिइडिबी हाइड्रोपावर, चिरख्वा हाइड्रोपावर कम्पनी रहेका छन् । आज यी कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको हो । आज मोलुङ हाइड्रोपावर कम्पनीको शेयरमूल्य ८ प्रतिशत भन्दाबढीले घटेको छ ।
Advertisment