काठमाडौं : नेपाल स्टक एक्सचेन्ज नेप्सेले सोमबार तीन कम्पनीको शेयरमूल्य समायोजन गरेको छ । नेप्सेले छिमेक लघुवित्त, गरिमा विकास बैंक र लुम्बिनी विकास बैंकको मूल्य समायोजन गरेको हो ।
कम्पनीहरुले साधारणसभा प्रयोजनका लागि बुक क्लोजको मिति तय गरेसँगै अन्तिम कारोबारको आधारमा मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।
नेप्सेका अनुसार घिमेक लघुवित्त वित्तीय संस्थाको ५ प्रतिशत बोनसपछिको शेयरमूल्य ८६५ दशमलव ७१ रुपैयाँमा भएको छ । संस्थाको अन्तिम कारोबार ९०९ रुपैयाँमा भएको थियो ।
त्यस्तै, गरिमा विकास बैंंकको ९.५० प्रतिशत बोनसपछिको मूल्य ३७४ दशमलव ४३ रुपैयाँमा समायोजन भएको नेप्सेले जनाएको छ । बैंकको अन्तिम कारोबार ४१० रुपैयाँमा भएको थियो ।
नेप्सेले विकास बैंंकको ४ प्रतिशत बोनसपछिको मूल्य ३८६ दशमलव ५४ रुपैयाँमा समायोजन गरेको छ । बैंकको अन्तिम कारोबार ४०२ रुपैयाँमा भएको थियो ।
Advertisment