काठमाडौं : मल्टीपर्पस फाइनान्सले ५६ हजार कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएकोछ । कम्पनीले संस्थापक समूह तर्फको ५६ हजार कित्ता शेयर सर्वसाधारणले खरिद गर्न पाउने गरी बिक्रीमा ल्याएको हो ।
कम्पनीले गत मंसिर ११ गते विद्यमान शेयरधनीका लागि शेयर बिक्रीमा ल्याएको थियो । तोकिएको समयमा संंस्थापकबाट आवेदन नपरेपछि सर्वसाधारणका लागि शेयर बिक्रीमा ल्याएको हो ।
उक्त सेयर खरिद गर्ने चाहने जो कोही व्यक्ति, कम्पनी तथा विभिन्न संघ संस्थाहरुले अबको १५ दिनभित्र कम्पनीको कर्पोरेट कार्यालय, जनकपुरधाम, बिद्यापति चोकमा खरिद गर्ने सक्नेछन् ।
Advertisment