Below Menu
Below Menu

रियल गोर्खा सहकारीका अध्यक्ष हर्कबहादुर कठायत पक्राउ

रियल गोर्खा सहकारीका अध्यक्ष हर्कबहादुर कठायत पक्राउ

काठमाडौं : तिनकुने स्थित रियल गोर्खा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष हर्कबहादुर कठायत पक्राउ परेका छन्। बचतकर्ताको रकम ठगी गरेको आरोपमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) को टोलीले कठायतलाई कैलालीको अत्तरियाबाट पक्राउ गरेको हो।

बागमती प्रदेशको पर्यटन, उद्योग तथा सहकारी मन्त्रालय अन्तर्गतको सहकारी महाशाखाले सीआइबीलाई केही समयअघि पत्राचार गरेको थियो । संस्थाका सदस्यहरुले महाशाखामा उजुरी दिएका थिए । उजुरीमाथि छलफल तथा समस्या समाधानका लागि सहकारीका सञ्चालकहरुलाई सम्पर्कमा ल्याउने पटकपटक गरेको प्रयास असफल भएपछि अनुसन्धानका लागि सीआईबी समक्ष पत्राचार गरेको थियो ।

प्रहरीमा १३७ जना भन्दा बढी बचतकर्ताले रकम ठगिएको भन्दै उनको सहकारीविरुद्ध उजुरी दिएका छन् । हालसम्म ४ करोड रुपैयाँ भन्दाबढी ठगीको उजुरी उनीविरुद्ध परेको छ । यस्तै, सोही सहकारीका संचालक सदस्य रहेका विनोद कुमारलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

Advertisment

थप समाचार