काठमाडौं : मधेश प्रदेशका सहकारीका कुज पुँजी बढेको पाइएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मधेश प्रदेशको आर्र्थिक गतिविधि अध्ययन प्रतिवेदन अनु्सार यस प्रदेशमा दर्ता भएका वचत तथा ऋण सहकारी संस्था मध्ये नमुना छनौट गरिएका १० वटा ठूला वचत तथा ऋण सहकारी संस्थाको कुल पुँजी २.९६ प्रतिशतले बढेको हो ।
उक्त प्रतिवेदन अनुसार असार मसान्त सम्ममा छनौटमा परेका सहकारीहरुको कुल पुँजी २.९६ प्रतिशतले वृद्धि भई रु.२ अर्ब ६१ करोड ८४ लाख पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही वर्षमा यस्तो वृद्धिदर १५.८० प्रतिशत रहेको थियो ।
असार मसान्त सम्ममा छनौटमा परेका सहकारीहरुको कुल बचत रु.५ अर्ब ७६ करोड २२ लाख पुगेको छ । असार मसान्त सम्ममा छनौटमा परेका सहकारी संस्थाहरुबाट भएको ऋण प्रवाह ९.४१ प्रतिशतले ह्रास आई रु.५ अर्ब २९ करोड २३ लाख पुगेको छ । गत वर्षको सोही वर्षमा ऋण प्रवाह २१.३५ प्रतिशतले वृद्धि भएको थियो ।
असार मसान्त सम्ममा छनौटमा परेका सहकारी संस्थाका कुल सदस्य संख्या ६.९४ प्रतिशतले ह्रास आई ६० हजार ९ सय २८ पुगेको छ । सहकारी संस्थाका कर्मचारी संख्यामा २.०८ प्रतिशतले ह्रास भएकोछ । गत वर्षको सोही वर्षमा कर्मचारी संख्यामा ३.६० प्रतिशतले वृद्धि भएको थियो ।
Advertisment