Below Menu
Below Menu

गण्डकी प्रदेशका सहकारीबाट १४ अर्ब ३३ करोडबढी कर्जा लगानी !

गण्डकी प्रदेशका सहकारीबाट १४ अर्ब ३३ करोडबढी कर्जा लगानी !

काठमाडौं : गण्डकी प्रदेशका सहकारीबाट सवा १४ अर्ब रुपैयाँ बराबरको कर्जा लगानी भएको पाइएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक गतिविधि अध्ययन अनुसार आर्थिक वर्ष २०७९/८० को असार मसान्तसम्ममा सहकारीहरुले १४ अर्ब ३३ करोड १९ लाख रुपैयाँ बराबरको कर्जा लगानी गरेका हुन् । 

अध्ययनमा समावेश सहकारी संस्थाहरुको पूँजी २०७९ असार मसान्तको तुलनामा २०८० असार मसान्तमा १.५ प्रतिशतले वृद्धि भई ४ अर्ब ५९ करोड २४ लाख पुगेको छ । उक्त अवधिमा तोकिएका १० सहकारी संस्थाहरुबाट यस प्रदेशमा सकंलन भएको निक्षेप ०.१८ प्रतिशतले बृद्घि भई १३ अर्ब ७९ करोड ५० लाख कायम रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो बचत ०.०८ प्रतिशतले कमी आएको थियो ।

उपरोक्त सहकारी संस्थाहरुबाट यस प्रदेशमा प्रवाहित कर्जा २०७९ असार मसान्तको तुलनामा २०८० असार मसान्तसम्ममा ६.६१ प्रतिशतले कमी आई १४ अर्ब ३३ करोड १९ लाख पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा १८.०१ प्रतिशतले वृद्धि भएको थियो ।

अध्ययनमा समावेश गरिएका सहकारीमा सदस्य ९.४१ प्रतिशतले वृद्धि भई १ लाख ८५ हजार ४४० पुगेको छ भने कर्मचारी सङ्ख्या ४ सय ५६ नै रहेको छ । 

Advertisment

थप समाचार