Below Menu
Below Menu

सुदुरपश्चिमका सहकारीबाटमा ४३ अर्ब ४६ करोड ऋण लगानी !

सुदुरपश्चिमका सहकारीबाटमा ४३ अर्ब ४६ करोड ऋण लगानी !

काठमाडौं : सुदुरपश्चिम प्रदेशका सहकारीबाटमा आर्थिक वर्ष २०७९/८० मा ४३ अर्व ४६ करोड ऋण प्रवाह भएको राष्ट्र बैैंकले जनाएको छ । 

राष्ट्र बैंकले सार्वजनिक गरेको सुदुरपश्चिम प्रदेशको आर्थिक गतिविधि अध्ययन प्रतिवेदन अनुसार यस अवधिमा नमूना छनौटमा परेका १० वटा सहकारीहरुले रु.४३ अर्व ४६ करोड १ लाख ऋण प्रवाह गरेका हुन् । उक्त ऋण गत वर्षको तुलनामा १.२८ प्रतिशतले बढेको हो । गत वर्ष यस्तो ऋण १९.० प्रतिशतले वृद्धि भई ४२ अर्व ९१ करोड १८ लाख पुगेको थियो ।

यस अवधिमा सहकारीहरुले संकलन गरेको कुल पुँजी गत वर्षको तुलनामा ४.१७ प्रतिशतले वृद्धि भई रु.६ अर्व ८५ करोड ११ लाख पुगेको राष्ट्र बैंकले जनाएको छ ।गत वर्ष यस्तो पूँजी २८.०५ प्रतिशतले वृद्धि भई रु.६ अर्व ५७ करोड ६८ लाख पुगेको थियो ।

यसैगरि, कुल बचत गत वर्षको तुलनामा ८.२५ प्रतिशतले बढ्न गई रु.४७ अर्व ९९ करोड ३७ लाख पुगेको छ । गत वर्ष यस्तो बचत ३.५८ प्रतिशतले घट्न गई रु.४४ अर्व ३३ करोड ६० लाख पुगेको थियो ।

समीक्षा वर्षमा छनौट गरिएका सहकारी संस्थाका सदस्यहरुको संख्या ३.१८ प्रतिशत र सहकारी संस्थामा काम गर्ने कर्मचारीको संख्या १.६८ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्ष २०७८÷७९ मा सदस्य संख्या २१.२६ प्रतिशत र कर्मचारी संख्या १.१३ प्रतिशतले वृद्धि भएको थियो ।
 

Advertisment

थप समाचार