Below Menu
Below Menu

स्वास्थ्य बीमा बापतको साढे ४६ अर्ब रुपैयाँ दाबी भुक्तानी !

स्वास्थ्य बीमा बापतको साढे ४६ अर्ब रुपैयाँ दाबी भुक्तानी !

काठमाडौं : स्वास्थ्य बीमा बोर्डले हालसम्म स्वास्थ्य बीमा बापतको साढे ४६ अर्ब रुपैयाँ दाबी भुक्तानी गरिसकेको छ । बोर्डले स्वास्थ्य बीमा कार्यक्रम शुरु भएदेखि हालसम्म बीमा वापतको ४६ अर्ब २९ करोड ८६ लाख एक हजार ७७ रुपैयाँ बराबरको दाबी भुक्तानी गरेको हो ।

चालु आर्थिक वर्षमा मात्रै बोर्डले करिब ५ अर्ब रुपैयाँ बराबरको दाबी भुक्तानी गरेको छ । बोर्डले यस अवधिमा तीन पटक गरी चार अर्ब ९२ करोड ५७ लाख ६५ हजार ७७ रुपैयाँ बराबरको दाबी भुक्तानी गरेको छ ।

पुस ६गते बोर्डको निर्णय अनुसार स्वास्थ बीमा कार्यक्रम सञ्चालन गरेका सेवा प्रदायक केन्द्रहरुमा तेस्रो पटकको भुक्तानी पठाएको हो । बोर्डले तेस्रो पटकमा एक अर्ब ७६ करोड ५३ लाख ६९ हजार ९६८ रुपैयाँ दाबी भुक्तानी पठाएको हो ।

यस अघि कात्तिक १९ गते बोर्डको निर्णय अनुसार दोस्रो पटकमा एक अर्ब ६९ करोड ६५ लाख ४३ हजार ५१८ रुपैयाँ दाबी भुक्तानी पठाएको थियो भने असोज २ गते बसेको बोर्डको निर्णय अनुसार प्रथम पटक एक अर्ब ४६ करोड ३८ लाख ५१ हजार ५१९ रुपैयाँ दावी भुक्तानी पठाएको थियो ।

बोर्डका अनुसार हालसम्म सात प्रदेशका ३३४ वटा सेवा प्रदायक संस्थाहरुले स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गरेका छन् । सेवा प्रदायक स्वास्थ्य संस्थाको दाबी रकममध्ये कटहरिया स्वास्थ्य केन्द्रको पेश्की फर्छोट ५६ हजार ८९६ रुपैयाँ समेत भुक्तानी भएको बोर्डले जनाएको छ ।
 

Advertisment

थप समाचार