काठमाडौं : साताको चौथो कारोबार दिन बुधबार (आज) शेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ९.५० अंकले बढेर २०८९.६२ बिन्दुमा पुगेको हो । मंगलबार नेप्से २०.६२ अंकले घटेर २०८०.१२ बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका ११८ कम्पनीको शेयरमूल्य बढेको छ । भने ११८ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै ११ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
शेयर बजार बढेपनि आज कारोबार रकममा भने गिरावट आएको छ । आज बजारमा ५ अर्ब १३ करोड ४८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार नेप्सेमा ६ अर्ब ११ करोड ८३ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज सोनापुर मिनरल्स एण्ड आयलको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ३२ करोड ७८ हजार रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक मूल्य बढ्ने कम्पनीमा मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था र हिमालयन रि इन्स्योरेन्स कम्पनी रहेका छन् । आज यी कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको हो ।
आज छिमेक लघुवित्त वित्तीय संस्था र ग्लोबल आईएमई बैंक डिबेञ्चरको शेयरमूल्य ५ प्रतिशत भन्दाबढीले घटेको छ ।
Advertisment