Below Menu
Below Menu

राष्ट्रिय सहकारी महासंघको अध्यक्षमा ओमदेवी मल्ल, सबै पदमा निर्विरोध निर्वाचित

राष्ट्रिय सहकारी महासंघको अध्यक्षमा ओमदेवी मल्ल, सबै पदमा निर्विरोध निर्वाचित

काठमाडौं : राष्ट्रिय सहकारी महासंघको ३१औं वार्षिक साधारण सभाले ओमदेवी मल्ललाई अध्यक्ष पदमा निर्विरोध निर्वाचित गरेको छ । २०५० सालमा स्थापना भएको राष्ट्रिय सहकारी महासंघमा पहिलो पटक महिला अध्यक्ष निर्वाचित भएका हुन् ।

२५ सदस्यीय संचालक समिति र तीन सदस्यीय लेखा सुपरिवेक्षण समिति निर्विरोध  निर्वाचित भएको हो । मल्ल यस अघि वरिष्ठ उपाध्यक्ष थिईन । उनी एक कार्यकाल अन्तर्राष्ट्रिय सहकारी महासंघको ग्लोबल बोर्ड सदस्य समेत भैसकेका छन् । संविधानसभा सदस्य समेत रहेकी मल्लले सहकारी अभियानको सुदृढीकरणका लागि सबैसँग सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेकी छिन् ।

त्यसैगरी वरिष्ठ उपाध्यक्षमा रमेश प्रसाद पोखरेल चयन भएका छन् । पोखरेल यस अघि उपाध्यक्ष थिए । पोखरेल राष्ट्रिय सहकारी बैंकको निवर्तमान अध्यक्ष समेत हुन् । यसैगरी नवनिर्वाचित उपाध्यक्षहरुमा खेमबहादुर पाठक, डि.बि. बस्नेत र इन्दिरा पन्त रहेकी छिन् ।

पछिल्लो संशोधिन विनियम अनुसार  पटक तीन उपाध्यक्ष कायम भएको हो । त्यसैगरी लेखा सुपरिवेक्षण समितिको संयोजकमा भिम तुलाचन निर्वाचित भएका छन् । महासंघको नवनिर्वाचित संचालकहरुमा टेकप्रसाद चौलागाई, हुमाकुमारी जिसी (अन्जु), बद्रीप्रसाद लम्साल, काशीचन्द्र बराल, परितोष पौड्याल, हरिहरनाथ योगी, माधवप्रसाद जोशी, शम्भु प्रसाद, छत्रप्रसाद रिमाल, पार्वती न्यौपाने, टिका न्यौपाने, नथुनी यादव, प्रेमप्रसाद सुवेदी जैसी, सुमन नेपाल, होमनाथ जैसी, एकता शाह, योगमाया सुवेदी, शारदा दहाल, कमला कुमारी र सुवेदी पौडेल चयन रहेका छन् । 

साथै लेखा सुपरिवेक्षण समितिको सदस्यहरुमा  अमरनाथ न्यौपाने र हेमकुमारी अधिकारी निर्विरोध निर्वाचित भएका हुन् । 

Advertisment

थप समाचार