Below Menu
Below Menu

बैंकहरुको ब्याजदर फेरी घट्यो, कुनको कति ? 

बैंकहरुको ब्याजदर फेरी घट्यो, कुनको कति ? 

काठमाडौं : हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरुले माघ महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । बैंकहरुले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार पुस महिनाको तुलनामा अधिकांश बैंकहरुले ब्याजदर घटाएका छन् ।

बैंकहरुको प्रकाशित गरेको नयाँ ब्याजदर अनुसार गत पुस महिनाको तुलनामा १८ बैंकहरुले माघ महिनाका लागि ब्याजदर घटाएका छन् भने दुई बैंकहरुले पुस महिना कै ब्याजदरलाई कायम गरेका छन् ।

माघ महिनाका लागि बैंकहरुको व्यतिmगत तर्फको मुद्दती निक्षेपको औषत ब्याजदर ८.१६ प्रतिशत रहेको छ । पुसमा यस्तो ब्याजदर ८.९९ प्रतिशत रहेको थियो । औषतमा बैंकहरुको ब्याजदर ०.८२ बिन्दुले घटेको छ ।  

एनएमबि र एभरेष्ट बैंकहरुले पुस महिनाकै ब्याजदरलाई यथावत राखेका छन् । कृषि विकास बैंकले माघ महिनाका लागि सबै भन्दा कम ७.२६ प्रतिशत ब्याजदर दिने भएको छ भने सिटिजन इन्टरनेशनल बैंकले सबैभन्दा बढी ९.१५ प्रतिशत ब्याज दिने भएको छ ।

त्यस्तै, हिमालयन बैंकले ८.१५ प्रतिशत, नबिलले ८.१ प्रतिशत, कुमारीले ८.११ प्रतिशत, प्रभु बैंकले ८.०६५ प्रतिशत सानिमा बैंकले ८.१५ र ग्लोबल आईएमई बैंकले ८.१ प्रतिशत ब्याजदर कायम गरेको छ ।

त्यसैगरी नेपाल इन्भेष्टमेन्ट मेगाले ८.६ प्रतिशत, स्ट्याण्डर्ड चार्टर्डले ८.०७ प्रतिशत, प्राइम कमर्सियल बैंकले ८.१ प्रतिशत र सिद्धार्थ बैंकले ८.१ प्रतिशत ब्याज दिने भएको छ ।

नेपाल बैंकले पुस महिनाका लागि व्यक्तिगत तर्फको मुद्दती निक्षेपमा ८प्रतिशत ब्याज दिने भएको छ । यस अवधिमा सबैभन्दा बढी ब्याजदर घटाउनेमा प्राइम कमसिैयल बैंक रहेको छ ।

त्यस्तै एनआईसी एशिया बैंकले ८.०६५ प्रतिशत, लक्ष्मी सनराइजले ८ प्रतिशत, राष्ट्रिय वाणिज्यले ८.०७ प्रतिशत, नेपाल एसबिआईले ८.२५ प्रतिशत र माछापुच्छ्रे बैंकले ८ प्रतिशत ब्याज दिने भएको छ ।
 

Advertisment

थप समाचार