काठमाडौं : बिगमार्टले यस जाडो मौसमलाई मध्यनजर गर्दै ग्राहकहरूका लागि बिगमार्ट कार उपहार उत्सव ल्याएको छ । उक्त उत्सव अन्तर्गतः बिगमार्टमा किनमेल गर्ने ग्राहकहरुलाई जाडोको समयमा किनमेलको ग्राहकलाई हरेक सामानको खरिदमा आकर्षक छुट तथा अविश्वसनीय उपहारहरुको व्यवस्था गरेको छ ।
बिगमार्ट कार उपहार उत्सव माघ १ गतेदेखि फाल्गुन १५ गतेसम्म रहेको छ । जसमा बम्पर पुरस्कार एक जाना भाग्यशाली ग्राहकलाई १ वटा टाटा टियागो कार, एक जना भाग्यशाली ग्राहकलाई १ वटा यमाहा रे–जेड स्कुटर, भाग्यशाली पाँच जना ग्राहकहरुलाई ५ वटा स्मार्टफोनहरू रहेका छन् ।
त्यस्तै, १० भाग्यशाली ग्राहकहरुका लागि जनही ५ हजार रुपैयाँ बराबरको किनमेल भौचर साथै, ग्लोवल आईएमई बैंकको क्रेडिट कार्ड मार्फत बिल भुक्तानी गर्दा १० प्रतिशत देखि ३०० रुपैयाँसम्म, एनसीएचएल नेपाल पे को क्युआर मार्फत भुक्तानी गर्दा १० प्रतिशतदेखि १०० रुपैयाँसम्म छुट पाउन सकिनेछ ।
त्यस्तै, हरेक शनिवार र बुधवार फलफूल तथा तरकारी को खरीदमा स्मार्ट क्युआर मार्फत बिल भुक्तानी गर्दा १५ प्रतिशतदेखि १५० रुपैयाँसम्म तत्काल छुट प्राप्त गर्न सक्नेछन् ।
प्रत्येक ७५० रुपैयाँ वा सो भन्दा बढिको खरिदमा पुरस्कारहरूको लागि लक्की ड्रमा प्रवेश गर्न सकिनेछ ।
Advertisment