Below Menu
Below Menu

जिल्ला सहकारी संघ काठमाडौंमा सञ्चालक समिति र लेखा सुपरिवेक्षण समिति निर्विरोध चयन

जिल्ला सहकारी संघ काठमाडौंमा सञ्चालक समिति र लेखा सुपरिवेक्षण समिति निर्विरोध चयन

काठमाडौं : जिल्ला सहकारी संघ काठमाण्डौको २४औं साधारणसभाले सर्वसम्मत रुपमा नयाँ सञ्चालक समिति चयन गरेको छ । आज सम्पन्न साधारणसभाले सुमन केसीको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन गरेको हो ।

संघको उपाध्यक्षमा अमरावती बलामी महर्जन, महिला उपाध्यक्षमा विष्णुकुमारी चौलागाईं, महासचिवमा बाल कुमार बास्तोला, सचिवमा सनोज भटराई र कोषाध्यक्षमा देवनारायण चौंलागाई चयन भएका छन् । 

सदस्यहरुमा हरि प्रसाद सापकोटा, दिपेक कुमार राई, जित बहादुर लामा तामाङ, सबिना वाग्ले, कबिन्द्र रिमाल, सीता घिमिरे, सागर प्रसाद बख्रेल, सपना अर्याल, हेम बहादुर कार्की निर्विरोध चयन भएका हुन् । 

त्यस्तै सभाबाट लेखा तथा सुपरिवेक्षण समिति संयोजकका रविन्द्र श्रेष्ठ, सदस्यमा तपन पोखरेल र अनिता पौडेल चयन निर्वाचित भएको निर्वाचन उपसमितिका संयोजक रामचन्द्र सिंखडाले जानकारी दिए ।

Advertisment

थप समाचार