काठमाडौं : साताको पहिलो कारोबार दिन आइतबार (आज) शेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ३१.६२ अंकले बढेर २१२०.६२ बिन्दुमा पुगेको हो । बिहिबार नेप्से ०.६२ अंकले बढेर २०८८.९९ बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका २११ कम्पनीको शेयरमूल्य बढेको छ । भने ३३ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै ३ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
शेयर बजार बढेसँगै कारोबार रकममा पनि सुधार आएको छ । आज बजारमा ५ अर्ब ४५ करोड ४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बिहिबार नेप्सेमा ४ अर्ब ३० करोड ७७ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज नेपाल रि इन्स्योरेन्स कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ३५ करोड ६८ हजार रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक मूल्य बढ्ने कम्पनीमा हिमालयन पावर पार्टनर, कालिका पावर, तेह्रथुम पावर, मध्य भोटेकोशी जलविद्युत कम्पनी र माथिल्लो मैलुङ खोदा जलविद्युत कम्पनी रहेका छन् । आज यी कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको हो ।
आज मेगा म्युचुअल फण्ड –१ को शेयरमूल्य ९ प्रतिशत भन्दाबढीले घटेको छ ।
Advertisment