Below Menu
Below Menu

वाणिज्य बैंकहरुको नाफा २८ अर्ब माथि, पाँच बैंक अझै पुगेनन् अर्ब क्लबमा 

वाणिज्य बैंकहरुको नाफा २८ अर्ब माथि, पाँच बैंक अझै पुगेनन् अर्ब क्लबमा 

काठमाडौं : चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा वाणिज्य बैंकले २८ अर्बबढी खुद नाफा कमाएका छन् । राष्ट्र बैंकका अनुसार गत साउनदेखि मंसिरसम्म वाणिज्य बैंकहरुले २८ अर्ब ३६ करोड ७८ लाख खुद नाफा कमाएका हुन् ।

राष्ट्र बैंकका अनुसार यस अवधिमा सर्वाधिक नाफा कमाउनेमा नबिल बैंक रहेको छ । त्यसैगरी कात्तिक मसान्तसम्म २७ करोड ८८ लाख रुपैयाँ घाटामा रहेको कृषि विकास बैंकले नोक्सानी घटाएको छ ।  मंसिर मसान्तसम्म नबिल बैंकले २ अर्ब ९६ करोड ९३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । 

त्यस्तै यस अवधिमा ग्लोबल आईएमई बैंकले दुई अर्ब ७३ करोड ७९ लाख रुपैयाँ नाफा कमाएको छ । त्यसैगरी, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले एक अर्ब ४५ करोड १३ लाख, प्राइम बैंकले १ अर्ब ९२ करोड ८९ लाख रुपैयाँ र हिमालयन बैंकले एक अर्ब ८० करोड ४९ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

राष्ट्र बैंकका अनुसार मंसिरसम्म एनआईसी एशिया बैंकले एक अर्ब ८५ करोड एक लाख, एनएमबि बैंकले एक अर्ब ४५ करोड १३ लाख, राष्ट्रिय वाणिज्य बैंकले एक अर्ब ४१ करोड एक लाख, एभरेष्टले एक अर्ब ४० करोड ३२ लाख र प्रभु बैंकले एक अर्ब ४९ करोड ४५ लाख रुपैयाँ नाफा कमाएको तथ्यांकमा उल्लेख छ ।

स्ट्याण्डर्ड चार्टर्ड बैंकले एक अर्ब २५ करोड ६० लाख रुपैयाँ नाफा कमाएको छ भने कुमारी बैंकको नाफा एक अर्ब ३० करोड १५ लाख रुपैयाँ रहेको छ । सानिमा बैंकले एक अर्ब ७ करोठ ६३ लाख रुपैयाँ, नेपाल बैंकले एक अर्ब २१ करोड ३१ लाख रुपैयाँ नाफा कमाएका छन् । 

पाँच बैंक अझै पुगेनन् अर्ब क्लबमा

यस अवधिमा १५ बैंकले एक अर्ब भन्दामाथि नाफा कमाउँदा पाँच बैंकको नाफा भने अर्ब भन्दा कम रहेको छ । कृषि विकास बैंकले सबैभन्दा कम १२ करोड ५० लाख रुपैयाँ नाफा कमाएको छ ।  

त्यस्तै, चालु आवको मंसिर मसान्तसम्म नाफा कमाउँदा माछापुच्छ्रे बैंकले ७६ करोड २७ लाख रुपैयाँ नाफा कमाएको छ भने नेपाल एसबीआई बैंकले ७० करोड ८० लाख रुपैयाँ नाफा कमाएको राष्ट्र बैंकले जनाएको छ ।

त्यसैगरी यस अवधिमा सिटिजन्स इन्टरनेशनल बैंकले ७४ करोड ३५ लाख रुपैयाँ खुद नाफा कमाएको छ भने लक्ष्मी सनराइज बैंकले ८९करोड ८० लाख रुपैयाँ र सिद्धार्थ बैंकले ६२ करोड ३८ लाख रुपैयाँ नाफा कमाएको छ ।
 

Advertisment

थप समाचार