बुक बिल्डिङ्गमार्फत माघ १० गतेदेखि आईपीओ निष्काशन गर्दै रिलायन्स स्पिनिङ्ग मिल्स

बुक बिल्डिङ्गमार्फत माघ १० गतेदेखि आईपीओ निष्काशन गर्दै रिलायन्स स्पिनिङ्ग मिल्स

काठमाडौं : रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेडले माघ १० गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले बुक बिल्डिङ प्रक्रिया मार्फत योग्य संस्थापक लगानीकर्ताहरुका लागि शेयर निष्कासन गर्न लागेको हो ।

कम्पनीले हाल कायम रहेको जारी पूँजी एक अर्ब ९० करोड रुपैयाँको १०.१४ प्रतिशतले हुन आउने १९ करोड २६ लाख ६० हजार रुपैयाँ बराबरको १९ लाख २६ हजार ६०० कित्ता शेयर जारी गर्न लागेको हो ।

जसमध्ये ४० प्रतिशत अर्थात ७ लाख ७० हजार ६४० कित्ता शेयरका लागि शुरुको बिक्री मूल्य सीमा ६०८ रुपैयाँदेखि ९१२ रुपैयाँ कायम गरिएको छ । 

कम्पनीले नेप्सेले बोलकबोल गर्ने प्रक्रिया मार्फत योग्य लगानीकर्ताहरु सहभागी गराइ बिक्री मूल्यको सीमामा रहि बोलकबोल मार्फत शेयर बिक्री गर्न लागेको हो । 

कम्पनीको आईपीओमा लगानीकर्ताले माघ २४ गतेसम्म बोलकबोल गर्न सक्नेछन् । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ ।  

आईपीओ खरिदका लागि योग्य संस्थागत लगानीकर्ताले नेप्सेको रजिष्टर्ड कार्यालयमा गई बोलपत्र फारम भरि शिलबन्दी गरिएको गोप्य बोलपत्र फारम बुझाउनुपर्नेछ । 

थप समाचार